अदालतको फैसलापछि भागेका १ सय २९ जना पक्राउ
कुन मद्धामा कति ?
पाेखरा | साउन १, २०८१
पोखरा: कास्की जिल्ला अदालतले विभिन्न मुद्धामा फैसला सुनाएको १ सय २९ जना फरार प्रतिवादीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत असार महिनाभरी विभिन्न मुद्धामा फैसला भएका ति फरार प्रतिवादीहरुलाई पक्राउ फैसला अनुसार कैद भुक्तानका लागि कारागार पठाएको छ भने जरिवाना असुल गर्ने प्रतिवादीहरुलाई अदालत पठाएको छ ।
पक्राउ भएकामध्येका केही प्रतिवादीहरुलाई ९ वर्ष ७ महिना १० दिन कैद सजाय र नगद रु २ करोड ९० लाख ३ हजार ७ सय ८३ जरिवाना स्वरुप असुल गर्न अदालतले फैसला सुनाएको थियो ।
कुन मुद्धामा कति जना फरार थिए ?
१. चेक अनादार – ३३ जना
२. बैंकिङ कसूर – ६ जना
३. वन पैदावार (काठ) को अनियमित निकासी – २ जना
४. घरेलु हिंसा – १ जना
५. बिगो – ५ जना
६. सवारी ज्यान – १ जना
७. नकवजनी चोरी – ६ जना
८. अभद्र व्यवहार – ४ जना
९. लागू औषध – ५ जना
१०. साधारण चोरी – २ जना
११. केही सार्वजनिक अपराध – १३ जना
१२. जुवातास – ९ जना
१३. ज्यान मार्ने उद्योग – १ जना
१४. पशुपंक्षी सम्बन्धी कसूर – ६ जना
१५. सम्बन्ध विच्छेद – १८ जना
१६. नाता कायम – ५ जना
१७. जालसाजी – ५ जना
१८. झुट्टा बखपत्र गरेको – २ जना
१९. कुटपिट – १ जना
२०. लेनदेन – ४ जना
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

